Spread the love

बुटवल,१६वैशाख । तिलोत्तमा नगरपालिकामा सर्वसाधारणलाई सस्तो र सहज रूपमा औषधि उपलब्ध गराउने उद्देश्यसहित “तिलोत्तमा सुलभ फार्मेसी” को उद्घाटन गरिएको छ । फार्मेसीको आज एक कार्यक्रमका बिच नगर प्रमुख रामकृष्ण खाण र उपप्रमुख जगेश्वर देवी चौधरीले संयुक्त रूपमा उद्घाटन गरे ।

उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख खाणले स्थानीय तहबाट नेपालमै पहिलो पटक यस्तो प्रयास गरिएको बताए । उनले गुणस्तरीय तथा मान्यताप्राप्त औषधि सहज रूपमा उपलब्ध गराउनु नगरपालिकाको प्राथमिकता रहेको उल्लेख गर्दै भौतिक विकाससँगै मानवीय विकासमा पनि ध्यान दिनुपर्ने बताए।

फार्मेसीमार्फत औषधिमा २५.१० प्रतिशतसम्म छुट उपलब्ध गराइने जानकारी दिँदै उनले यसबाट आम नागरिकलाई राहत पुग्ने विश्वास व्यक्त गरे। साथै, सेवा प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको उनले बताए ।उपप्रमुख जगेश्वर देवी चौधरीले नगरपालिकाको यो पहलले नागरिकको दैनिक जीवनमा प्रत्यक्ष सहजता ल्याउने बताइन्।

उनले सुलभ र भरपर्दो औषधि सेवा विस्तारमा निरन्तरता दिनुपर्नेमा जोड दिइन्।प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले नगरपालिकाको नीति, कार्यक्रम तथा बजेटमै समावेश गरी फार्मेसी सञ्चालनमा ल्याइएको जानकारी दिए। उनले डाक्टरको प्रिस्क्रिप्सनका आधारमा गुणस्तरीय औषधि सस्तो मूल्यमा उपलब्ध गराइने व्यवस्था मिलाइएको बताए ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्