बुटवल, १६ वैशाख ।
पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको लु ३४ प ५७६६ नम्बरको स्कुटर ओरोलो सडकमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
एउटै स्कुटरमा सवार ३ जनामध्ये कपिलवस्तुको वाणगँगा नगरपालिका–९ भलवाडकी १९ वर्षिया निशा कुँवर र बुटवल उपमहानगरपालिका–११ कालिका नगरकी १८ वर्षिया पुर्णिमा उचाई मगर रहेका छन् । दुर्घटनाबाट स्कुटर चालक बाणगंगा ७, बनगाईका सुमन श्रेष्ठ गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी निरीक्षक थमन जिसिले जानकारी दिए ।
मँगलबार साँझ करिव पौने सात बजे भएको दुर्घटनापछि उनीहरुलाई उद्धार गरि एडमन सिटी अस्पताल हुदै लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो । दुर्घटनामा परेका २ युवतीलाई प्रादेशिक अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।






















