Spread the love

बुटवल, १५ वैशाख ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रभित्र १८ वर्ष मुनिका बालबालिकाहरुलाई हुक्का तथा भेप (ई–सिगरेट) को बिक्री वितरण र सेवनमा पूर्ण रूपमा रोक लगाएको छ । नगर प्रमुख रामकृष्ण खाणको हस्ताक्षरसहित जारी सूचनामा बालबालिका तथा किशोर–किशोरीको स्वास्थ्यमा नकारात्मक असर परेको र सामाजिक वातावरण बिग्रँदै गएको भन्दै यस्तो निर्णय गरिएको उल्लेख छ ।

नगरपालिकाका अनुसार होटल, रेष्टुरेन्ट, चिया तथा कफी हाउस लगायतका स्थानमा खुला रूपमा हुक्का र भेप प्रयोग भइरहेको पाइएको छ । यसले विशेषगरी किशोरहरूमा दुव्र्यसन बढाउने जोखिम देखिएको जनाइएको छ । विद्यालय पोशाकमै विद्यार्थीहरू यस्ता गतिविधिमा संलग्न भएको भेटिएपछि नियन्त्रण आवश्यक भएको नगरपालिका बताउँछ ।

निर्णय अनुसार अब १८ वर्षमुनिका बालबालिकालाई हुक्का÷भेप बिक्री, वितरण तथा सेवन गराउन पूर्ण प्रतिबन्ध लगाइएको छ। उल्लंघन गर्ने व्यक्ति वा व्यवसायलाई प्रचलित कानुन अनुसार कारबाही गरिने चेतावनी दिइएको छ । उक्त निर्णय नगर कार्यपालिकाको २०८३ वैशाख १० गते बसेको बैठकबाट पारित भई कार्यान्वयनमा आएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्