Spread the love

बुटवल, १६ वैशाख।
सवारी सुरक्षासँगै स्वास्थ्य सचेतनालाई जोड्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले नयाँ जनचेतनामूलक सन्देश सार्वजनिक गरेको छ । ‘मापसे’ (मादक पदार्थ सेवन) चेकपछि अब ‘पापसे’ (पानी पदार्थ सेवन) चेकको अवधारणा अघि सार्दै प्रहरीले डिहाइड्रेसनबाट जोगिन सर्वसाधारणलाई सचेत गराएको हो ।

प्रहरीले सार्वजनिक गरेको सन्देशमा “आज हामी ‘मादक पदार्थ सेवन’ होइन, ‘पानी पदार्थ सेवन’ चेक गर्दैछौं” भन्दै पानीको पर्याप्त सेवन गर्न आग्रह गरिएको छ । यदि व्यक्तिको ओठ सुक्खा भएको र अनुहार ओइलिएको देखिएमा ‘डिहाइड्रेसन’ को जोखिम हुन सक्ने उल्लेख गर्दै कम्तीमा २ गिलास पानी पिउन सुझाइएको छ ।

गर्मीयाममा डिहाइड्रेसनका घटना बढ्ने भएकाले जनस्वास्थ्य सुरक्षाका लागि यस्तो सन्देश ल्याइएको कार्यालयले जनाएको छ । सडक सुरक्षामा मात्रै सीमित नभई नागरिकको स्वास्थ्यमा पनि ध्यान दिनुपर्ने आवश्यकता देखिएकाले ‘पापसे’ अभियान प्रभावकारी हुने विश्वास गरिएको छ ।

प्रहरीले सर्वसाधारणलाई नियमित रूपमा पानी पिउन, गर्मीमा सावधानी अपनाउन तथा स्वास्थ्यप्रति सचेत रहन अपिल गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्