Spread the love

बुटवल, १३ वैशाख ।

दुई पाग्रे सवारीमा नाम कमाएको बजाजले बुटवलमा सोमबारदेखी वृहत एक्सचेन्ज मेला चलाउने भएको छ । श्री भैरव अटोमोबाईल्स प्रालिले कालिकानगरमा नया वर्ष अफरका रुपमा बैशाख १४–१८ गतेसम्म एक्सचेन्ज मेला संचालन गर्न लागेको हो ।

‘पुरानो बाईक ल्याउने, नया लैजानुस’ भन्ने नारासहित मेलामा उत्कृष्ट मुल्याकन, नगदमा छुट, फ्रि हेलमेट र अन–द–स्पट फाइनान्स सुविधा उपलब्ध हुने प्रालिका प्रबन्ध निर्देशक बद्रि खड्काले बताए । नागरिकताको भरमा बाईक लैजान पाउने ब्यवस्था रहेको उनले बताए । बजाजको अहिले आउने २०२६ का नया सवारीहरु फ्युल ईन्जेक्सन सिस्टम (एफआई) प्रविधिसहितको रहेको उनले बताए । यो माईलेज धेरै दिने हुदा पनि उपभोक्ताको आर्कषणमा रहेको उनले बताए । ‘नया मोडलहरुका बाईकले ५५/६० को एभरेज माईलेज दिन्छ ।’–उनले भने । ईन्जिनलाई आवश्यक मात्रामा तेल वितरण गर्ने यो प्रविधिकै कारण समयसापेक्ष रहेको उनको दाबी छ ।

यसअघिका मोडलहरु कार्बोरेटर प्रविधिको हुदा त्यसबाट माईलेज कम रहेकोमा नया प्रविधिको बाइक बजारमा आएको हो । अहिले बजाजका २,१८,९०० रुपैया देखि ६,४२,९०० रुपैयासम्मका विभिन्न भेरियन्टका १५ बढि बाईकहरु बजारमा उपलब्ध छन । यसैगरि बजाजले ईलेक्ट्रिक भरियन्टमा चेतक स्कुटी पनि बजारमा ल्याएको छ । जुन फुल चार्जमा १५३ किलोमिटर माईलेज दिने र बजार मुल्य ३,३९,९०० रुपैया रहेको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्