Spread the love

बुटवल, १२ वैशाख ।
रुपन्देहीमा जारी दोस्रो लखन ब्रदर्श कप खुला नकआउट फुटबल प्रतियोगितामा आयोजक लखन ब्रदर्श शानदार जितसंगै क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा तिलोत्तमा–११, भूपू सैनिकलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै लखन ब्रदर्श प्रतियोगिताको अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।

रामनगर खेलमैदानमा भएको खेलमा लखन ब्रदर्शको जितमा निशान्त न्यौपानेले प्रतियोगिताकै पहिलो ह्याट्रिकसहित थप एक गोल गरे । थप एक गोल भने दर्शन बिकले गरे । तिलोत्तमा–११ का जमिर मियाले सान्त्वना गोल गरेका थिए । लखन ब्रदर्शका निशान्त न्यौपाने म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिताको आईतबार प्रिक्वाटरफाइनलमा समपुर्ण युवा क्लब, सुपौली र न्यु युथ युनियन क्लब, तानसेन बिच खेल हुने संयोजक राम थापाले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्