Spread the love

सुनवल, १२ वैशाख ।
सुनवल–६ स्थित जनसेवा माध्यमिक विद्यालयले आफना शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति, अभिभावक संघका पदाधिकारीहरुलाई एक दिने मोटिभेसन कार्यक्रम गरेको छ । शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुका साथै शिक्षक तथा सरोकारवालामा सकारात्मक सोच, जिम्मेवारीबोध र पेशागत समर्पण विकास गर्ने उदेश्यका साथ गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ न्यौपानेले बताए ।

कार्यक्रममा प्रमुख प्रशिक्षक अनुपमान सैंजुले प्रेरणादायी विचार, व्यवहारिक ज्ञान तथा अनुभव प्रस्तुत गर्दै शिक्षण पेशालाई केवल रोजगारी नभई समाज परिवर्तनको महत्वपूर्ण माध्यमका रूपमा लिनुपर्ने धारणा राखे । प्रशिक्षणका क्रममा उनले उदाहरण, अन्तरक्रियात्मक गतिविधि तथा व्यवहारिक अभ्यासहरू प्रस्तुत गरे जसबाट नयाँ ऊर्जा, उत्साह र सकारात्मक सोच विकास हुने आशा ब्यक्त गरे ।

शिक्षक अभिभावक संघका अध्यक्ष केशवराज खनाल, प्रधानाध्यापक फान प्रसाद श्रेष्ठ, सहायक प्रधानाध्यापक रमेश पौडेलले शिक्षकहरूबीच सहकार्य, समन्वय र नवप्रवर्तनशील सोच विकास गर्न कार्यक्रम फलदायी भएको बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्