Spread the love

बुटवल, ११ वैशाख ।
पाल्पा जिल्लाको तिनाउ गाउँपालिकास्थित झिगामारा स्वास्थ्य एकाइमा कार्यरत अहेव हुन मुस्कान पाण्डे । शहरबाट नजिक भएर पनि शिक्षा स्वस्थ्यबाट टाढा रहेको त्यस गाउको स्थानिय बासिन्दाको उनि आशा र भरोसा हुन । सामान्य जस्तो देखिने उनको भूमिका वास्तवमा गाउँको समग्र स्वास्थ्य व्यवस्थापनसँग जोडिएको छ ।

उनले गाउँमा प्राथमिक उपचारदेखि बालबालिकाको स्वास्थ्य सेवा, मातृ तथा शिशु स्याहार, परिवार नियोजन सेवा, जेष्ठ नागरिकको स्वास्थ्य परीक्षणसम्म घरमै पुगेर दिन्छिन । पाण्डे गाउँघर क्लिनिकमार्फत प्रत्येक महिनाको ७ र २१ गते घरदैलोमै पुगेर स्थानीय बासिन्दाको स्वास्थ्य अवस्था बुझ्ने गर्छिन् । गाउँमा रहेका स्वास्थ्य समस्याहरूको पहिचान गरी समाधानका लागि आवश्यक पहल पनि गर्दै आएकी छन् ।

स्वास्थ्य सेवाको पहुचबाट टाढा रहेका गाउलेका स्वास्थ्य समस्या पहिचान, स्वास्थ्य सल्लाह सुझाव, उपचार गर्नेमात्र नभई थप उपचार आवश्यक परेमा ठूला अस्पतालमा रिफर गर्ने काम गर्छिन् । उनको अथक मेहनत र सेवाभावका कारण उनी त्यहाँका बासिन्दाका लागि भरोसायोग्य स्वास्थ्यकर्मी मात्र नभई आशाको केन्द्र बनेकी छन् ।

गाउँलेको स्वास्थ्यसम्बन्धी ठूलो जिम्मेवारी उनको काँधमा रहेको छ, जसलाई उनले जिम्मेवारी र लगनशीलताका साथ पूरा गरिरहेकी छन् । स्थानीयस्तरमै स्वास्थ्य सेवा प्रभावकारी बनाउन मुस्कान पाण्डेजस्ता स्वास्थ्यकर्मीहरूको योगदान महत्वपूर्ण रहेको देखिन्छ ।

भिडियो रिर्पोट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्