Spread the love

बुटवल, ११ वैशाख ।
श्री नं. २ सैन्य तालिम केन्द्र सैनामैनामा सि.सं १८ सैन्य आधार तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ । योसंगै ९ महिनाको सैन्य तालिम पूरा गरेका जवानहरु सिपाहीमा प्रवेश गरेका छन । श्री सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी प्रेम बहादुर पुन शुक्रबार एक समारोहका बिच शिक्षार्थीहरुबाट प्रस्तुत दलेल कवाज सलामी तथा निरिक्षण गरेका छन ।

श्री सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी प्रेम बहादुर पुन एक समारोहका बिच सैन्य तालिम पूरा गरेका जवानहरुलाई शुभकामना दिए । कर्तव्यपरायण, इमान्दार, वफादार, अनुशासितबाट मर्यादित नेपाली सेनाको परम्परा, आचारसंहिता र सैनिक नियम कानुनको परिधिभित्र रहेर काम गर्न समेत उनले आग्रह गरे । विश्वमा नया नया चुनौती थपिदै गएको बेला नेपाली माटो र भुगोल सुहाउदो पाठ्यक्रम तयार गरि तालिम गरिदै आएको उनले बताए ।

पेशागत दक्षताले निपुण ५४० जना योग्य नेपाली नागरिकहरुलाई सैनिकवाद कर्तव्य तथा दक्ष सिपाहीहरुको रुपमा दीक्षित गरिएको तालिममा सैद्धान्तिक÷व्यावहारिक परीक्षामा उत्कृष्ट नतिजा ल्याई सैन्य माधव कुमार श्रेष्ठ सर्वप्रथम भएका छन ।
कार्यक्रममा सैनामैना नगरपालिका नगरप्रमुख फणेन्द्र प्रसाद शर्मा, मध्यपश्चिम पृतना सहायक रथी शक्ति जंग बस्नेतको उपस्थिती रहेको थियो ।

करिब २६३ वर्ष भन्दा लामो संस्थागत जीवन पार गरिसकेको नेपाली सेनालाई मातृभूमिको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने अभिभारा आवश्यक जनशक्ति तयार गर्ने महत्वपूर्ण जिम्मेवारी वहन गर्दै आएको यस श्री नं.२ सैन्य तालिम केन्द्रबाट ६ हजार ५ सय ३ जनाले तालिम लिएका छन ।

सैन्य आधार तालिममा कोशी प्रदेश–८ जना, मधेश प्रदेश–२१ जना, बागमती प्रदेश–१२१ जना, गण्डकी प्रदेश–२७ जना, लुम्बिनी प्रदेश–११५ जना, कर्णाली प्रदेश–१२६ जना र सुदूर पश्चिम प्रदेश–११२ जना सैन्य शिक्षार्थीहरु सहभागी रहेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्