काठमाडौँ ।
नेपाल युएईसँग पराजित भएको छ । युएईविरुद्धको २ खेलको टी–२० सिरिजको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको हो । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बर्षाले प्रभावित खेलमा नेपालले दिएको १० ओभरमा ७८ रनको लक्ष्य पछाएको युएईले ८.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि बर्षाले खेल रोकिनु अघि नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको थियो । टी–२० सिरिजको पहिलो खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गरेको थियो । नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ३२ रन बनाए भने कुशल मल्लले १७, कुशल भुर्तेलले १६, बसिर अहमदले १४, अर्जुन साउद र नन्दन यादवले १३–१३ रन बनाएका थिए ।
त्यस्तै युएईका बलर मुहमद जुहैबले ३ विकेट लिए भने जुनैद सिद्धिकीले २ तथा हैदर अली र मुहमद अरफानले एक एक विकेट लिएका थिए । यो जितपछि २ खेलको सिरिजमा युएई १–० को अग्रता लिएको छ ।





















