Spread the love

टेक्सस (अमेरिका) । उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो १९औँ स्थापना दिवसका अवसरमा टेक्ससको ड्यालसमा कन्क्लेभ आयोजना गरी सम्पन्न गरेको छ ।

कार्यक्रममा पत्रकारिता क्षेत्रको विकास, प्रवासमा नेपाली सञ्चारमाध्यमको भूमिका, लगानीका सम्भावना, डायस्पोरामा रहेका नेपालीहरूको योगदान तथा समुदायका विविध सरोकारका विषयमा व्यापक छलफल गरिएको थियो। सहभागीहरूले उत्तर अमेरिकामा नेपाली पत्रकारितालाई अझ व्यवस्थित, विश्वसनीय र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

कन्क्लेभले प्रवासमा रहेका नेपालीबीच सहकार्य र सञ्जाल विस्तारमा थप टेवा पु¥याउने विश्वास आयोजकले व्यक्त गरेका छन् । कार्यक्रममा विभिन्न राज्यबाट आएका पत्रकार, व्यवसायी, सामाजिक अभियन्ता तथा नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्