Spread the love

बुटवल, ५ बैशाख ।
दुई पाग्रे सवारीबाट हुने दुर्घटना रोक्ने उदेश्यका साथ बुटवलमा अटो मेकानिक्सहरुलाई ट्राफिक सचेतना तथा अन्तरक्रिया गरिएको छ । नेपाल अटो मेकानिक्स ट्रेड युनियन नगर कमिटि, मोटरसाईकल ईकाई कमिटि बुटवलको आयोजनामा शनिबार एक दिने ट्राफिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रमको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले उद्घाटन गर्दै पूर्वाधार विकाससंगै मानविय विकासलाई संगैसंगै अघि बढाउनुपर्ने बताईन । बुटवलमा पछिल्लोसमय चलाईएको अभियानमा सबैको साथ र सहयोग मिलेको उनले बताईन । सडक दुर्घटना कम गर्न अभियानमा सबैलाई समेट्दै पालिका अघि बढ्ने उनले बताईन ।

कार्यक्रममा नेपाल अटो मेकानिक्स ट्रेड युनियन, नगर अध्यक्ष गणेश प्रसाद भट्टराईले मेकानिक्स पेशामा आवद्घ सबै आफ्नो पेशाप्रति वफादार हुनुपर्ने सुझाव दिए । पूर्वाधार निर्माण भएपनि लेन प्रयोगबारे प्रयोगकर्ता अनविज्ञ हुदा दुर्घटना कम नभएको उनको दाबी छ । सडक जाम, पार्किङ जस्ता समस्यातर्फ सरोकारवालाहरु एक भएर समाधानमा लाग्नुपर्ने उनले आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेयले सडक दुर्घटनामा सबैभन्दा धेरै दुई पाग्रे सवारीमा युवाहरुको मृत्यु हुने गरेको तथ्याकमै पुष्टि भएको बताए । दुर्घटना कम गर्न सचेतना जरुरी रहेको भन्दै प्रत्येक अटो मेकानिक्स अब सचेतना तर्फ लाग्न उनले सुझाव दिए । दुर्घटना न्यूनिकरणमा आफु साझेदारीका लागि संस्थागत रुपमा अग्रसर रहने समेत प्रतिवद्धता जनाए । पछिल्लोसमय मोटरसाईकल पड्काउने चालकहरुलाई कारवाही सकारात्मक भएको भन्दै मोटरसाईकल मोडिफाई गर्नेलाई समेत कारवाही गर्न सुझाव दिए । सडक सुरक्षा र पर्यटनलाई जोडेर ईण्डो–नेपाल मोटर रयाली अभियान निकट भविष्यमा हुन गैरहेको उनले बताए ।

कार्यक्रममा राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय लुम्बिनीका प्रहरी वरिष्ठ नायब निरिक्षक ज्ञानु पाण्डेयले विश्वमा नै मृत्युको कारणमध्ये दुर्घटना चौथो स्थानमा रहेको बताए । नेपालमा अघिल्लो वर्षको तुलनामा दुघर्टनाको दर बढेको तथ्याक पेश गर्दै दैनिक ८ जनाको मृत्यु दुर्घटना कै कारण हुने गरेको बताए । ‘यो तथ्याकबाट भयाभव अवस्थाको संकेत हो ।’– उनले भने ।

कार्यक्रममा वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक ईश्वर देव गिरि, नाटु लुम्बिनी प्रदेश उपाध्यक्ष लक्ष्मण भण्डारी, बागमति मोटरसाईकल प्रालिका संचालक कृष्ण श्रेष्ठ, नाटु भैरहवा शाखाका अध्यक्ष गुमानसिह सारू, मोटरसाईकल ईकाई कमिटिका सचिव महेश श्रेष्ठ, नाटु तिलोत्तमानगर संयोजक तुल्सीराम न्यौपाने, ईकाई अध्यक्ष कृष्ण घिमिरेले दुर्घटना न्यूनिकरण अभियानमा सबै सरोकारवालाहरु एक ढिक्का भएर लाग्नुपर्ने बताए ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्