Spread the love

बुटवल, ५ बैशाख ।
खेलकुद र सामाजिक क्षेत्रमा अग्रसर रहेको राधाकृष्ण युवा क्लबले बुटवलमा नदी सरसफाईमा हातेमालो गरेको छ । नेचुरा रिभाइभल नेपालको सहकार्यमा शनिबार राधा–कृष्ण युवा क्लबले १६/३६ कुलो पक्की पुलदेखि सिन्दुर होटलसम्म सरसफाइ कार्यक्रम गरेको हो ।

तिनाउ पार्कमा भेला भएर बिहान सफाई कार्यक्रममा युवाहरु सहभागी भएको क्लबका अध्यक्ष रिम सारु मगरले बताए । नदी मानव सभ्यतासंग जोडिएको हुदा पनि यसको संरक्षण युवाहरुको जिम्मेवारी भएको भन्दै उनले यस्ता कार्यमा आफुहरु निरन्तर लाग्ने प्रतिबद्धता समेत जनाए ।

नदीमा शिशा, प्लाष्टिकजन्य पदार्थहरु अध्याधिक भेटिएका छन । सफाईमा रहदा आवश्यक सुरक्षा सामग्रीको प्रयोग समेत गरेको उनले बताए ।

भिडियो रिर्पोट

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्