पाल्पा ।
तिनाउ गाउँपालिका–१ कचलको ओखलढुङ्गा निवासी रिया भण्डारी गाउँपालिका स्तरीय आधारभूत तह (कक्षा ८) को नतिजामा ३.७६ जीपीए ल्याउँदै सर्वोत्कृष्ट बनेकी छन् । पेमा भण्डारी र टेकबहादुर भण्डारीकी कान्छी छोरी रियाले ओखलढुङ्गास्थित ज्ञानोदय माध्यमिक विद्यालयबाट कक्षा ८ को अन्तिम परीक्षामा सहभागिता जनाएकी थिइन् ।
सानैदेखि अध्ययनशील, अनुशासित र लगनशील रूपमा चिनिएकी रियाले उत्कृष्ट नतिजा ल्याउँदै विद्यालय तथा परिवारको प्रतिष्ठा उच्च बनाएकी छन् । विद्यालयमा अध्ययनसंगै खेलकुद, सामाजिक कार्यहरुमा समेत उनि अग्रसर रहेकी छिन ।
What’s your Reaction?
+1
+1
+1
1
+1
+1
+1





















