बर्दघाट, ३० चैत्र ।
रामनगर बजार विकास समिति र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल नवलपरासीको सँयुक्त आयोजनामा नयाँ वर्ष साँगितिक साँझ एवम् फुड फेस्टिवलको आयोजना हुने भएको छ ।
सुनवल नगरपालिका वडा नम्बर १२ भूमहि बजारमा सोमबार बेलुकी ७ बजेबाट कार्यक्रमको आयोजना गरिएको समितिका अध्यक्ष भरत क्षेत्रीले जानकारी दिए । नयाँ वर्षको पूर्वसन्ध्यामा साँगितिक कार्यक्रमसँगै विभिन्न परिकारहरु सहित मनोरन्जन प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको क्षेत्रीले बताए । कार्यक्रममा स्थानिय होटल ब्यवशायीहरुको समेत सहकार्य रहेको छ ।
साँगितिक कार्यक्रममा राष्ट्रिय कलाकार रामजी खाँड, चिज गुरुङ्ग, भूपराज न्यौपाने, वर्षा थापा, सिता रजाली मगर, महेन्द्र रेग्मी लगायतका कलाकारहरुको प्रस्तुती सँगै डिजे फ्रेङ्की को समेत प्रस्तुती रहने राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका जिल्ला अध्यक्ष रमेश पराजुलीले जानकारी दिए ।




















