Spread the love

बुटवल, ३० चैत ।
आन्तरिक पर्यटन पर्वद्घनको उदेश्यका साथ बुटवलमा सडक खाना महोत्सव गरिएको छ । नया वर्ष २०८३ को अवसरमा बुटवल उपमहानगरपालिका वडा नं ५ तिनाउ जनएकता टोलमा आयोजित २ दिने सडक खाना महोत्सवको आईतबार शुभारम्भ गरिएको हो ।

एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका उपमेयर सावित्रादेवी अर्यालले उदघाटन गर्दै मानविय विकासलाई स्थानिय पालिकाबाट जोड दिएको बताईन । बुटवल पर्यटकिय नगरी भएको भन्दै यसमा सबैको साथ र सहयोग जरुरी रहने बताए । रात्रीकालिन बजार विकास हुने, चहलपहल बढ्ने, स्थानियहरु स्वरोजगार हुने हुदा पनि जरुरी रहेको उनले बताईन । धेरै धार्मिक, पर्यटकिय स्थलहरु रहेको यो क्षेत्रको प्रवद्घन हुने उनले बताईन ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ५ का वडाअध्यक्ष हरि प्रसाद श्रेष्ठ तिनाउ नदीलाई परिकल्पना गरे अनुसार तिनाउमा ढुगा चलाउने अभियान थाल्ने भनिएको छ । सार्थकता मिल्ने देखिएको भएपनि त्यसका लागि बजेट अभाव देखिएको बताए । तिनाउको सरसफाईमा स्थानिय बासिन्दाहरुको विशेष पहल हुनुपर्ने उनले बताए । पर्यटन पर्वद्घनमा यस्ता महोत्सवको महत्वपूर्ण बारे प्रकाश पार्दै उनले स्थानिय रुपमा अगुवाई जरुरी रहने बताए ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरि प्रसाद अर्यालले कुनै बेला राजनितिक एजेण्डा बनेको तिनाउको सुन्दरताको सपनालाई अब साकार गर्न जरुरी रहेको बताए । अब्यवस्थित बसोबास रहेको बस्तिभित्रको ब्यवस्थित कार्यक्रमका रुपमा आफुले लिएको भन्दै मानव सभ्यताको विकास नदी किनारबाट नै भएको ईतिहास स्मरण गरे । आगामी वर्ष यसलाई थप विकास गर्दै जनएकताबाट राधाकृष्ण पथसम्म बढाउदै लग्न जरूरी रहेको उनले बताए ।

स्थानिय बासिन्दाहरुको अगुवाईमा भएको महोत्सवमा स्थानिय घरहरुमा करीब २५ वटा स्टलहरु रहेको कार्यक्रमका अगुवा पुकार थापाले बताए ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्