बुटवल,३० चैत ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको १० औँ महाधिवेशन ३८ बुँदे बुटवल घोषणापत्र जारी गरी सम्पन्न भएको छ । महाधिवेशनले घोषणापत्र सँगै देविदत्त आचार्यको नेतृत्वमा नयाँ समिति चयन गरेको छ ।
जसको वरिष्ठ उपाध्यक्षमा अमरबहादुर गुरुङ, महिला उपाध्यक्षमा शोमा कार्की, महासचिवमा कुमार रेग्मी, सचिवमा अस्बीन लम्साल, कोषाध्यक्षमा रमेश कुमार बस्नेत निर्वाचित भएका छन् ।
महासंघको सदस्यमा मिरा तामाङ पुस्विन खत्री, सुनिता थापा, अर्जुन रावल, भेगी कुमारी पुन मगर, झम्क प्रसाद गौतम, लक्ष्मी काफ्ले, जगदिश प्रसाद अर्याल, जानुका रोक्का, दिपक अधिकारी, सूर्य कृष्ण चौलागाई निर्वाचित भएका छन् ।
यस्तै नन्दराज भट्ट, इच्छा के.सी.महत्व, गिरीधारी सुवेदी, काशीराम न्यौपाने, पुष्पराज रिमाल, दिल कुमारी देवकोटा, नथुनी हलुवाई, बिनिता कुमारी यादव, रामचन्द्र यादव, सुनिता तामाङ, पदम बहादुर पुन, सिता विश्वकर्मा, परषुराम आचार्य, नेत्र प्रसाद सापकोटा, रमेश पोख्रेल, कुमार पौडेल, रामकृष्ण न्यौपाने सदस्यमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र मर्यादाका लागि आगानमी ३ वर्षेसम्म राज्य र सम्बद्ध निकार्यलाई जिम्मेवार बनाउनका लागि घोषणा पत्र जारी गरेको अध्यक्ष देविदत्त आचार्यले बताए ।
भिडियो लाईभ





















