Spread the love

बुटवल, २८ चैत ।
लुम्बिनी निर्माण व्यवसायी संघले इन्धन तथा निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण क्षेत्र गम्भीर संकटमा परेको भन्दै सरकारसँग “कन्स्ट्रक्सन होलिडे” घोषणा गर्न माग गरेको छ । संघले जारी गरेको प्रेस विज्ञप्तिमा पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल) सहित सिमेन्ट, फलामे डण्डी (रड), बिटुमिन जस्ता निर्माण सामग्रीको मूल्यमा भएको असामान्य वृद्धिले निर्माण कार्य प्रभावित भएको जनाएको हो । विश्व बजारको प्रभाव र नेपाल आयल निगमद्वारा गरिएको मूल्य समायोजनका कारण निर्माण लागत अत्यधिक बढेको संघको भनाइ छ ।

संघका सचिव राजन ज्ञवालीले हस्ताक्षर गरेको विज्ञप्तिमा मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरूको आर्थिक अवस्था कमजोर बन्दै गएको र धेरै आयोजना ढिलाइ हुने वा रोकिने अवस्थामा पुगेका बताईएको छ । विशेषगरी सडक तथा पूर्वाधार निर्माणमा प्रत्यक्ष असर परेको उल्लेख गरिएको छ ।

सार्वजनिक खरिद ऐन तथा नियमावलीमा मूल्य समायोजन (प्राइस एड्जस्टमेन्ट) को व्यवस्था भए पनि व्यवहारमा प्रभावकारी रूपमा लागू नभएको गुनासो संघले गरेको छ। यसले गर्दा व्यवसायीहरू थप समस्यामा परेको बताइएको छ ।

संघले सरकारसँग तत्काल मूल्य समायोजन प्रभावकारी रूपमा लागू गर्न, निर्माण सामग्रीको मूल्य स्थिर बनाउन, व्यवसायीहरूको समस्या समाधान गर्न र मूल्य स्थिर नभएसम्म “कन्स्ट्रक्सन होलिडे” घोषणा गर्न
जोडदार माग गरेको छ ।
समयमै उचित पहल नभए सम्पूर्ण निर्माण क्षेत्र नै ठप्प हुने चेतावनी विज्ञप्तिमा दिइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्