Spread the love

काठमाडौं, २६ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह बिहीबार पदबाट मुक्त भएका छन् । आफ्नी पत्नीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा पुनः सक्रिय गराएको आरोप लागेपछि उनलाई पदमुक्त गरिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरेको आरोप लगाउँदै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए ।

यसअघि रास्वपाको केन्द्रीय अनुशासन आयोगले पनि सो विषयमा अध्ययन गरी साहमाथि कारबाही गर्नुपर्ने प्रतिवेदन पार्टीसमक्ष पेस गरेको थियो ।

उक्त प्रतिवेदनका आधारमा सभापति लामिछानेले प्रधानमन्त्रीसमक्ष सिफारिस पेस गरेका थिए । सोही सिफारिसका आधारमा प्रधानमन्त्रीले साहलाई मन्त्री पदबाट पदमुक्त गरेका हुन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्