Spread the love

काठमाडौं, २५चैत । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको छ । सरकारले भाडा वृद्धि गर्न सहमति दिएपछि विभागले संशोधित दर लागू गरेको हो ।

विभागका अनुसार साविक भाडामा यात्रुबहाक सवारीसाधनमा १६.७१ प्रतिशत वृद्धि गरिएको छ । त्यसैगरी, पहाडी क्षेत्रमा सञ्चालन हुने मालवहाक सवारीको भाडा २१.६८ प्रतिशतले बढाइएको छ भने तराई क्षेत्रमा सञ्चालन हुने मालवहाक सवारीको भाडा १५.७५ प्रतिशतले वृद्धि गरिएको छ ।

यो नयाँ भाडादर आजको मितिदेखि लागू हुने गरी निर्धारण गरिएको विभागले जनाएको छ । दुई वा सोभन्दा बढी प्रदेश जोड्ने राष्ट्रियस्तरका रुटमा सञ्चालन हुने सार्वजनिक यातायातमा स्वचालित प्रणालीअनुसार भाडा समायोजन गरिएको जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्