Spread the love

बुटवल, २५ चैत ।
स्वास्थ्य बीमा कार्यान्वयनमा समस्या रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले दाबी गरेका छन । बीमाप्रति गलत भाष्य बनाईदा लक्षित वर्ग सेवा पाउनबाट बन्चित हुने अवस्था आएको रुपन्देहीमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले दाबी गरेका छन । ‘तपाईको स्वास्थ्य, हाम्रो अठोट’ नारासहित स्वास्थ्य बीमा बोर्ड प्रदेश शाखा कार्यालय लुम्बिनी प्रदेश बुटवलको आयोजनामा बुधबार राज्यको लगानी, नागरिकको योगदान स्वास्थ्य बीमा साझा अभियान कार्यक्रम गरिएको हो ।

कार्यक्रमको लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक भुवन कुँवरले उद्घाटन गर्दै स्वास्थ्य बीमाबारे अझै पनि आम नागरिक र समुदायलाई बुझाउन नसकिएको दुखेसो गरे । बिमाप्रति गलत भाष्यहरु उत्पन्न भएको भन्दै यसलाई चिर्न जरुरी रहेको उनले बताए । नितिगत रुपमा पनि एकिकृत रुपमा लग्ने सरकार लागेको उनले बताउदै नेपालको संविधानले नागरिकको स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको बताए । हाल नेपालका ९८ लाख भन्दा बढी आवद्घ रहेका छन । पाच जना परिवारलाई ३५०० रुपैयामा वार्षिक बिमा वापत १ लाख रुपैया बराबरको स्वास्थ्य सेवा पाउछ ।

कार्यक्रममा स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेशका संयोजक सृजना पौडेलले नागरिकलाई स्वास्थ्यमा पहुच पुगोस भन्ने हेतुले २०७२ सालमा शुभारम्भ गरिएको भएको हो । रुपन्देहीमा ११ वटा सेवाप्रदायकहरु छन । हाल लुम्बिनी प्रदेशमा कुल जनसंख्याको २८ प्रतिशतमात्र बीमामा आवद्ध रहेको तथ्याक रहेको उनले बताईन । लुम्बिनी प्रदेशका ५३ स्थानिय तहमा ६६ वटा सेवाप्रदायक संस्थाहरु छन । जनशक्ति र श्रोतको अभाव, तालिमको ब्यवस्था, समयमा सामान उपलब्ध नहुने समस्या रहेको उनले बताईन । संघ अन्तरगतका अस्पताललाई रिफरल अस्पतालका रुपमा उपयोग गर्न जरुरी रहेको उनले औल्याईन ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका स्वास्थ्य विभाग संयोजक युवराज पाण्डे, तिलोत्तमा नगरपालिकाका स्वास्थ्य संयोजक ज्ञानप्रसाद पौडेल, शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका उपाध्यक्ष चन्द्रकान्त खनाल, बोर्डका दर्ता सहयोगी बिकास गहतराजले स्वास्थ्य बीमाबारे घरघरमा चेतना फैलाउने गरि अभियान थाल्न जरुरी रहेको बताए । यसैबिच दर्तामा खटिएका कर्मचारीहरुलाई सम्मान राधिका थापा, दर्ता सहयोगी गंगा अर्याल, दर्ता सहयोगी डोलराज ज्ञवालीलाई सम्मान गरिएको थियो ।

भिडियो रिर्पोट

What’s your Reaction?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्