Spread the love

भैरहवा, २४ चैत्र ।
भैरहवामा जारी २४ औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको मंगलबार भएको खेलमा देवदह क्रिकेट युनिट विजयी भएको छ । देवदहले सैनामैला क्रिकेट क्लबलाई ७ रनले पराजित गरेको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको देवदहले ३३ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय २० रन बनायो । उसका लागि रोशन गौतमले ३२, कृष्ण कार्कीले २८ र सुमन पाण्डेले १२ रन बनाए । बलिङमा सैनामैनाका किरण भट्टराईले ९ ओभर ३ बल बलिङ गर्दै २७ रन खर्चेर ६ विकेट हात पारे । यस्तै, योभ यादव, सुनिल पौडेल र निश्चल क्षेत्रीले १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको सैनामैनाले ३२ ओभरमा अलआउट हुँदै १ सय १३ रन मात्रै बनायो र झिनो रनअन्तरले पराजित भयो । उसका लागि सुनिल पौडेलले ३१, सुशान्त क्षेत्रीले २३, किरण भट्टराईले १८ र निश्चल क्षेत्रीले ११ रन बनाए । बलिङमा देवदहका रोशन गौतमले ७ ओभरमा १ मेडन राख्दै २७ रन खर्चेर ५ विकेट हात पारे । यस्तै, कृष्ण पराजुलीले ३ तथा शशिधर टण्डन र विष्णु कटरियाले १–१ विकेट लिए । खेलमा रोशन गौतम प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद एक लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् । प्रतियोगितामा ‘ए’ र ‘बी’ डिभिजन गरी २० टीमको सहभागिता छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्