Spread the love

दाङ । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दल बोर्डको दशौं बैठकले संघीय सरकारको गतिविधिप्रति आपत्ति जनाउँदै प्रतिशोधपूर्ण व्यवहार तत्काल बन्द गर्न माग गरेको छ।

मुख्यमन्त्री तथा संसदीय दलका नेता चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्षको स्वीकृत वार्षिक बजेटअन्तर्गतका आयोजनाहरू निर्धारित समयमै सम्पन्न गराउन संसदीय दलका तर्फबाट सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।

बैठकले कार्की आयोगको प्रतिवेदनका आधारमा केपी शर्मा ओलीलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै घोर निन्दा र भ्रत्सना गरेको छ। प्रदेश सभा सदस्य रत्नबहादुर खत्रीका अनुसार ओलीसहित पूर्व गृहमन्त्रीको बिना सर्त रिहाइको माग गरिएको छ।

त्यसैगरी, हालका प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौं महानगरपालिकाको प्रमुख रहँदा प्रदेश सभा सदस्य रेखा शर्माविरुद्ध लेखेको सामाजिक सञ्जाल स्टाटसको विषयमा अदालत, सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ताको कार्यालयबाट सफाइ पाइसक्दा पनि प्रतिशोधपूर्ण ढंगले पक्राउ गरिएको भन्दै बैठकले आपत्ति जनाएको छ।

संघीय सरकार राज्य आतंकतर्फ उन्मुख भएको आरोप लगाउँदै बैठकले यस्ता गतिविधि तुरुन्त अन्त्य गर्न माग गरेको जनाएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्