Spread the love

बुटवल,२४ चैत ।

नेपाली आतिथ्य र स्थानीय स्वाद प्रवद्र्धन गर्दै आएको होटल पोवाले आफ्नो १० औँ वार्षिकोत्सवको अवसरमा देशभर ‘स्वाद उत्सव’ आयोजना गर्ने भएको छ । होटलले चैत २६ देखि २८ गतेसम्म तीन दिनसम्म आफ्ना सबै शाखाहरूमा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

बुधबार पत्रकार सम्मेलन गरि योगिकुटी शाखाका महाप्रबन्धक प्रकाश पाठकले नेपाली खानाका परिकार तथा मौलिक आतिथ्य अनुभव गराउने लक्ष्यसहित १६ वटै शाखाहरुमा रक्तदान, सरसफाई, आर्थिक सहयोग कार्यक्रम गरिने बताए ।
होटलका अनुसार कार्यक्रममा विशेष अतिथिहरूको सहभागिता रहनेछ भने ग्राहकहरूलाई छुट तथा आकर्षक सेवा पनि उपलब्ध गराइनेछ ।

होटल पोवाले स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली संस्कृतिमा आधारित सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै १० वर्षको अवधिमा देशभर २० वटा शाखा विस्तार गर्न सफल भएको जनाएको छ। कार्यक्रममा सहभागिताका लागि ४० हजारभन्दा बढी निमन्त्रणापत्र वितरण गरिएको पनि जानकारी दिइएको छ ।

“जहाँबाट नेपाली आतिथ्यको सुरुवात हुन्छ” भन्ने नारासहित सञ्चालन हुँदै आएको होटल पोवाले नेपाली भाषा, संस्कृति र स्थानीय खानाको संरक्षण तथा प्रवद्र्धनमा विशेष जोड दिँदै आएको छ ।

होटल क्षेत्रमा सक्रिय एक कम्पनीले “मिसन १००” लाई सफल बनाउने लक्ष्यसहित सम्मेलन आयोजना गरेको छ । कम्पनीका अनुसार “मिसन १००” केवल संख्यात्मक लक्ष्य नभई व्यवस्थापन क्षमता, ब्राण्ड विश्वसनीयता र संस्थागत परिपक्वता अभिवृद्धि गर्ने दीर्घकालीन योजना हो। साथै गुणस्तर, प्रविधि, मानव संसाधन विकास तथा नेपाली हस्पिटालिटीलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने लक्ष्यसमेत राखिएको छ ।

हाल कम्पनीमा १,००० भन्दा बढी कर्मचारी कार्यरत रहेका छन् भने २५० भन्दा बढी लगानीकर्ताको सहभागिता रहेको जानकारी दिइएको छ । आगामी दिनमा देशका विभिन्न स्थानमा शाखा विस्तार गर्दै नेपाली आतिथ्य क्षेत्रलाई थप व्यापक बनाउने योजना रहेको कम्पनीले जनाएको छ । नेपाली नयाँ वर्ष २०८३ को अवसरमा विशेष सांस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिएको छ। साथै पूर्णिमा, तिहार, महाशिवरात्रि लगायतका चाडपर्वमा पनि विशेष कार्यक्रम आयोजना गर्दै ग्राहकलाई आकर्षित गरिँदै आएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष आरपी आचार्य, मिना ढकाल, जिल्ला उपाध्यक्ष उपाध्यक्ष विश्वास ढकाल, सल्लाहकार खिमानन्द भट्टराईले शुभकामना दिए ।

भिडियो सामग्री

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्