Spread the love

दाङ, २४ चैत ।  बाँझो जमिन नराखी कृषि उत्पादन वृद्धि गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले किसानलाई आग्रह गरेका छन् ।

पछिल्लो समय जमिन बाँझो रहने र उत्पादन घट्ने प्रवृत्ति बढेको भन्दै प्रदेश सरकारले किसानका वास्तविक समस्या पहिचान गरी ती समाधानका लागि योजना बनाइरहेको जानकारी उनले दिए ।

बुधबार दाङको देउखुरी क्षेत्रको महत्त्वपूर्ण सिँचाइ आयोजना प्रगन्ना नहर सरसफाई कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले किसानलाई कृषि कार्यमा सक्रिय रहन र स्थानीय बजारमा बाहिरी तरकारीको निर्भरता घटाउन उत्पादन वृद्धि आवश्यक रहेकोमा जोड दिए ।

उनले देउखुरी क्षेत्रलाई अन्नको भण्डारको रूपमा उल्लेख गर्दै व्यवसायमुखी कृषिमा लाग्न आग्रह गरे । सिँचाइ सुविधा भए पनि अपेक्षित प्रतिफल लिन नसकिएकोप्रति उनले चिन्ता व्यक्त गरे ।

सरसफाई कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरी, प्रगन्ना कुलो सिँचाइ प्रणाली मूल समन्वय समितिका अध्यक्ष टङ्कनाथ चौधरी र मन्त्रालयका सचिव चूर्णबहादुर ओली लगायतले बोल्दै सिँचाइ आयोजनामार्फत हाल पाँच हजार ८०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्दै आएको र सिँचाइ हुने क्षेत्रफल क्रमशः विस्तार हुँदै गएको जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्