काठमाडौं, २२ चैत । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्था बाहेकका सरकारी कार्यालयहरूको कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय गरेको छ।
सरकारले सोमबार (२३ चैत) देखि लागू हुनेगरी शनिबार र आइतबार सरकारी कार्यालय तथा शैक्षिक संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, यो निर्णय शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयहरूमा पनि लागू हुनेछ ।
पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्यालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको सरकारको भनाइ छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1






















