Spread the love

बुटवल ।
नेपाल नियमित रक्तदाता संघले रक्तदान कार्यक्रम तथा २०८३ सालको भिक्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न गरेको छ । एक समारोहका बिच इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निसान्त श्रीवास्तव, वडा नं. ११ की सदस्य माया दर्नाल, संस्थाका अध्यक्ष दया बहादुर सिलवाल, संस्थाका वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारी, महासचिव दिपक अधिकारी, सल्लाहकार सुरेन्द्र कुमार शाक्य, राजकुमार श्रेष्ठ र लेखनाथ न्यौपाने, बेपत्ता परिवार संगठनका उपाध्यक्ष सरद ओली, नव प्रतिभा सहकारी संस्था लिमिटेडका अध्यक्ष शिव पोखरेलले शनिबार रक्तसञ्चार सेवा केन्द्रमा भित्तेपात्रो बिमोचन गरेका हुन ।

संस्थाको पहिचान दिने गरि विगतबाट नै भित्तेपात्रो प्रकाशन गर्दै आएको र यसैको निरन्तरता दिएको संयोजक संस्थाकी सचिव मंजु गिरीले बताईन ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निसान्त श्रीवास्तवले सामाजिक कार्यमा अग्रसर सबै संघसंस्थाहरुसंग प्रहरी हातेमालो गर्ने प्रतिवद्धता जनाए ।

रगत अभावको बेला रक्तसंचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा शनिबार गरिएको कार्यक्रममा ४८ पिन्ट रगत सङ्कलन भएको रक्तदान कार्यक्रमका संयोजक राजु रसाइलीले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्