Spread the love

काठमाण्डौ ।
कलाकार सागर लम्साल ‘बले’ पक्राउ परेका छन् । उनलाई बलात्कार आरोपबारे अनुसन्धान गर्न काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए ।

शुक्रबार बिहान अमेरिकामा अध्ययनरत एक युवतीले सामाजिक सञ्जालमा पोस्ट लेख्दै सागरमाथि एक वर्षअघि बलात्कार गरेको आरोप लगाएकी थिइन् । बलात्कार आरोपपछि ‘बले’ लाई छायांकनरत फिल्म ‘पाँच पाण्डव’ बाट पनि निष्कासन गरिएको थियो ।

फिल्मको निर्माण ब्यानर कालारानी फिल्मस् प्रालिले शुक्रबार नै विज्ञप्ति जारी गरेर लम्साललाई निष्कासन गरिएको जानकारी दिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्