Spread the love

बुटवल, २० चैत ।
बुटवलमा सम्पन्न लुम्बिनी प्रदेश स्तरीय दोस्रो मेयर कप ‘सी’ लेभल ब्याडमिन्टन प्रतियोगिताको उपाधि फिट एण्ड फाईनका यादव थापा र ज्ञानु पाल्पालीको जोडीले चुमेका छन । बुटवल उपमहानगरपालिकाको सहयोगमा न्यू लुम्बिनी ब्याडमिन्टन क्लबको आयोजनामा शुक्रबार भएको फाईनल खेलमा स्मासका राजेन्द्र मल्ल र रामु कुमालको जोडीलाई २–० को सेटमा पराजित गर्दैै थापा र पाल्पालीको जोडीले उपाधि चुमेका हुन । उपाधिसंगै थापा र पाल्पालीको जोडीले नगद ४५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए ।

उपविजेता मल्ल र कुमालको जोडी भने ३० हजार, कप, मेडलमा चित्त बुझाए । खेलमा नेपालगंजका जयन्त श्रेष्ठ र सन्जय गुरुङको जोडी तथा बिबिसिका शम्भु भट्टराई र महेश्वर नेपालको जोडी तृतिय स्थान हासिल गर्दै नगद २० हजार रुपैयाँ पुरस्कार भए ।

यसैगरि ४५ प्लस भेटान्सतर्फ खब बहादुर गुरुङ र प्रताप खवासको जोडीले उपाधि चुमेका छन । फाईनल खेलमा बेल छन्त्याल र राज कुमार चौधरीको जोडीलाई २–० को सेटमा पराजित गर्दै खब बहादुर गुरुङ र प्रताप खवासको जोडी विजेता बने । खेलमा न्यू लुम्बिनीका सन्जिव खाती र किरण थापाको जोडी तथा स्मासका युवराज पुन र कमल गौतमको जोडी तृतिय भए ।

यसैगरि ५५ प्लस भेटान्सतर्फ लुम्बिनीका निर बहादुर राना र खगेन्द्र रेगामीको जोडी विजेता बने । फाईनल खेलमा राना र रेगामीको जोडीले राजु गुरुङ र जयन्त श्रेष्ठको जोडीलाई २–१ को सेटमा पराजित गर्दै उपाधि चुमे । खेलमा तामनगरका पहलसि काउचा र भुपेन्द्र थापा तथा बिबिसिका नारायण घिमिरे र नर बहादुर श्रीषको जोडी तृतिय भए । सुपर भेट्रानतर्फ क्रमश विजेता, उपविजेता तथा तृतिय स्थान हासिल गर्ने टिमले नगद २० हजार, १५ हजार र १० हजार रुपैयाँ तथा कप, मेडलबाट पुरस्कृत भए ।

प्रतियोगितामा न्यू लुम्बिनीका किरण थापा उत्कृष्ट खेलाडी, तिलोत्तमाका सुरज गुरुङ अनुशासित तथा क्रिमन रिजाल उदयमान खेलाडी घोषित हुदै नगद ५ हजार रुपैयाँ, पदकबाट पुरस्कार गरिएको संयोजक नरेश श्रेष्ठले बताए ।

प्रतियोगिताको विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका प्रबक्ता शिव राना, जनप्रतिनिधिहरु हरि श्रेष्ठ, लोकनाथ न्यौपाने, नगर खेलकुद समिति बुटवलका सदस्य शेरजंग गुरुङ, क्लबका अध्यक्ष बोनिन पिया खेल संयोजक नरेश कुमार श्रेष्ठले पुरस्कार वितरण गरे । दुई दिनसम्म चलेको प्रतियोगितामा खुल्ला, भेट्रान र सुपर भेट्रान गरी तीन विधामा ६२ टिमले प्रतिस्प्रर्धा गरेको थिए ।

">
Bajaj Grand Exchange Mela