बुटवल, २० चैत ।
स्कलर्स होम बोर्डिङ स्कुलले आफ्नो वार्षिकोत्सव तथा कक्षा १२ का विद्यार्थीहरूको विदाई कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रमको बुटवल उपमहानगरपालिकाका शिक्षा विभागका उप–निर्देशक कमला चुदालीले उद्घाटन गर्दै शैक्षिक हबका रुपमा बुटवलको पहिचान बनाउन सफल भएको बताए । शैक्षिक विकासमा नीजि क्षेत्रको योगदान महत्वपूर्ण रहेको समेत उनले स्मरण गरे ।
कार्यक्रममा विद्यालयमा कक्षा ११ मा उत्कृष्ट नतिजा ल्याउन सफल क्रमश प्रथम, द्घितिय र तृतिय स्थान हासिल गरेका कोशिश भट्टराई, सुसान्त थापा क्षेत्री, आशिष केवतलाई नगद ६, ४ र २ हजार रुपैया तथा सम्मानपत्रबाट पुरस्कार वितरण गरिएको छ । यसैगरि विद्यालयको पहिलो ब्याचमा भर्ना भएर उत्कृष्ट नतिजासहित ईन्जिनियर बन्न सफल रहेको गणेश पौडेललाई कार्यक्रममा सम्मान गरिएको थियो । उनि चाईनाबाट छात्रवृत्ति पाएर अध्ययन गरेका हुन । उनि जस्तै विद्यालयबाट ९ जना विधार्थीहरु विभिन्न विधामा योगदान दिईरहेको विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले बताए ।
प्राचार्य बाबुराम बन्जाडेले निक्कै कठिनाई अवस्थामा विद्यालय शुरुवात भएको स्मरण गर्दै समय अनुसारको शिक्षा र परिवर्तनबाट गुज्रिएर अहिलेको सफलता हात लागेको बताए । परिवर्तन निरन्तर चल्ने प्रक्रिया र आजको आवश्यकता भएको भन्दै त्यसै अनुसार अघि बढ्नुपर्ने उनले विद्यार्थीहरुलाई सुझाव समेत दिए । स्कलर्स होम गुणस्तरिय शिक्षा प्रदान गर्ने रुपमा पहिचान बनाएको उनले दाबी गर्दै राम्रो जनशक्ति उत्पादन गरेको ईतिहास सुनाए । दक्ष जनशक्तिहरुको उपलब्धताका कारण शिक्षक, विधार्थी र अभिभावक बिचमा समन्वयात्मक गतिविधिका कारण नजिता राम्रो निकाल्न सफल भएको उनले दाबी गरे । ब्याचलर कार्यक्रममा प्राविधिक विधा भित्राउने समेत लक्ष्यअघि ल्याएको उनले बताए ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मनहरी बश्याल, राष्ट्रिय शिक्षा परिषद बुटवलका शाखा कम्प्युटर उमाकान्त पाल, कबिराज श्रेष्ठ, एम्स कलेजका प्रमुख दिपक ढकाल, विद्यालयका प्रशासन प्रमुख राजु भण्डारीले प्राविधिक शिक्षाप्रतिको मागलाई सम्बोधन हुने गरि देशभित्र नै अवसर सृजना भएको भन्दै स्वदेशमा नै अध्ययन र रोजगार सृजनामा जोड दिन आग्रह गरे । कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले स्वागत मन्तव्य, नृत्य प्रस्तुत, भजन तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।





















