बुटवल, १८ चैत । सामाजिक क्षेत्रमा अग्रसर बुटवलका दुई क्लबहरुमा वर्ष २०२६\२०२७ का लागि नया नेतृत्व सर्वसम्मत चयन भएका छन । मणिमुकुन्द सेन उद्यान परिसरमा बुधबार सम्पन्न लायन वर्ष २०२६\२०२७ निर्वाचन तथा वनभोज कार्यक्रमबाट लायन्स क्लब अफ बुटवल तिलोत्तमाको अध्यक्षमा बाबुराम शर्मा आचार्य तथा लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीको अध्यक्षमा सृजना श्रेष्ठ निर्वाचित भएका हुन ।
कार्यक्रममा लायन्स ईन्टरनेश्नल ३२५ पि का पूर्व डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङले लायन्सजस्तो सामाजिक संस्था सफल हुन टिमको सबै सदस्यहरुको सहकार्य र सहयोग आवश्यक हुने बताए । स्वार्थभन्दा माथि सेवा भावना मुलमन्त्रलाई भुल्न नहुने उनले बताउदै लायनबादको अवधारणामा अघि बढ्न सुझाव दिए ।
ब्लड बैक संचालन गर्ने क्लबको योजनालाई सफल बनाउन सबै एकजुट भएर लाग्नुपर्ने उनले सुझाव दिए । पाठेघरको मुखको क्यान्सरको उपचारका लागि थप उपचार भन्दा पनि सचेतना कार्यक्रमलाई जोड दिनुपर्ने उनले बताए ।
लायन वर्ष २०२६\२०२७ का अध्यक्ष पदमा बाबुराम शर्मा आचार्य निर्वाचित भएका छन ।
सबैको साथ र सहयोगबाट संस्थाको गरिमालाई निरन्तरता दिने प्रतिवद्घता जनाए । क्लबबाट स्वास्थ्य सम्बन्धी महिलाहरुका लागि पाठेघरको मुखको क्यान्सर परिक्षण निरन्तर गर्दै आएकोमा यो वर्ष पुरुषहरुका लागि समेत पोस्टेट क्यान्सरको जाचलाई अघि बढाउने उनले बताए ।
सामाजिक उद्यमशिलताका अभियानलाई थप निरन्तरता दिने उनले बताए । फण्डिङका लागि सास्कृतिक कार्यक्रम आयोजना गर्ने समेत उनले बताए ।
यसैगरि मायादेवीका नवनिर्वाचित अध्यक्ष सृजना श्रेष्ठले विगत लामोसमयदेखी लायनबादमा लागेर निरन्तरता सेवा गर्दै आएको भन्दै सामाजिक कार्यमा सफलतापूर्वक अघि बढ्ने प्रतिवद्धता जनाईन ।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त अशोक श्रेष्ठ, क्लबका पूर्वअध्यक्ष तथा निर्वाचन आयुक्त उपेन्द्रमान श्रेष्ठ, मायादेवीकी संस्थापक अध्यक्ष सरस्वती अमात्य, तिलोत्तमाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले क्लबबाट स्थायी प्रोजेक्ट संचालनमा पहल जरुरी रहेको बताए ।





















