Spread the love
बुटवल, १० चैत ।
लखन ब्रदर्श युथ क्लबको आयोजनामा यसअघि माघ २२ गतेदेखि संचालन गर्ने तयारीमा रहेको प्रतियोगिता प्रतिनिधि सभा निर्वाचनका कारण स्थगित भएको थियो । अब भने नया वर्ष २०८३ को बैशाख ११ गतेदेखि प्रतियोगिता गर्ने मिति तय भएको लखन ब्रदर्श युथ क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । ‘प्रतियोगिताको तयारी तिब्र रुपमा भैरहेको छ ।’–उनले भने ।
मैदानमा क्लबको पदाधिकारी, सदस्यहरु दिनरात खटिरहेको छन । लखन ब्रदर्श युथ क्लब ३ दशक अघिदेखि क्रियाशिल रहेको क्लब हो । औपचारिक रुपमा भने बिसं. २०७९ सालमा दर्ता भएसंगै यस क्षेत्रमा आफनो पहिचान बनाएको छ । पछिल्लोसमय फुटबल विकासमा समेत क्लबको अग्रसर रहेको उनले बताए । गतवर्ष सिद्धेश्वर मैदानमा पहिलो संस्करणको प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको थियो । सिद्धेश्वर खेलमैदान आफनै लगानीमा नै मर्मत र प्याराफिट तयार गरेको थियो ।
क्लबले यो वर्ष दोस्रो संस्करण रामनगर मैदानमा करीब डेढ लाख खर्चमा मर्मतको काम अघि बढाएको छ । मैदानमा ग्रेडर, जेसिबी र रोलर लगायर नियमित काम भैरहेको छ । यसैगरि मैदानलाई हरियाली बनाउन दुबो उर्मानका लागि मल राख्नेका भैरहेको भएको छ । मैदानलाई एक महिनासम्म तारजाली गरेर नियमित पानी राख्ने काम गर्ने उनले बताए ।
नगरमा रहेको खेलमैदानहरुको मर्मत संम्हारसंगै ब्यवस्थापनमा समेत स्थानिय सरकारको ध्यान जानुपर्ने उनको सुझाव छ । यदी नगरभित्र रहेको मैदानलाई जिम्मेदारी दिए मिनी स्टेडिम नै बनाउने उनले प्रतिवद्धता समेत जनाए । बैशाख ११ गतेदेखि हुने दोश्रो लखन कप नकआउट फुटबल प्रतियोगितामा १२ टिमले भाग लिनेछन । फुटबल प्रतियोगिताले बुटवलको खेलकुद गतिविधिलाई थप चलायमान बनाउने विश्वास गरिएको छ ।

 

भिडियो रिर्पोट

https://www.youtube.com/watch?v=LY5uXjMaHEg

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्