बुटवल, ८ चैत ।
शारीरिक सुगठन खेललाई अन्तराष्ट्रियस्तरमा पदक यात्राको गोरेटो कोर्न महत्वपूर्ण योगदान दिने अग्रज खेलाडी तथा निर्णायकहरुलाई बुटवलमा सम्मान गरिएको छ ।
‘मिष्टर रामापिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा महिला फिजिक्स प्रतियोगिता २०८२’ को अवसरमा शनिबार अन्तराष्ट्रिय निर्णायक प्रतापकाजी बरिया, श्याम श्रेष्ठ, निर्मला महर्जनलाई ताम्रपत्र र दोसल्लाबाट सम्मानित गरेको हो । यसैगरि स्व सरोज श्रेष्ठ मत्युपर्यन्त परिवारलाई सम्मान गरिएको थियो ।
लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेश संघ र रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघले सम्मान गरेको थियो । प्रतियोगिताको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिका खेलकुदको विकासका लागि निरन्तर रुपमा अघि बढेको बताए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1























