Spread the love

बुटवल, ५ चैत ।
नेपाल नेत्र ज्योति संघ अन्तर्गत सञ्चालित बुटवल लायन्स आँखा अस्पतालले बुटवल उपमहानगरपालिकासँगको समन्वयमा निःशुल्क आँखा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८२/०८३ को कार्यक्रमअनुसार बुटवल उपमहानगरपालिका वडा नं. ११ को वडा कार्यालयमा चैत १६ गते शिविर संचालन हुने भएको हो ।

सो शिविरमा विशेषगरी मोतिबिन्दु लगायतका आँखासम्बन्धी समस्याको निःशुल्क जाँच तथा आवश्यक परे शल्यक्रिया (अपरेशन) समेत गरिने अस्पतालमा गरिने वडा नं. ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले बताए । सामाजिक उत्तरदायित्व अन्तरगत संघसंस्थाहरुको सहकार्यमा स्थानिय सरकारबाट यस्ता कार्यक्रमहरु निरन्तर संचालन गर्दै आएको उनले बताए ।

उक्त शिविरबाट वडा नं. १० र ११ का स्थायी बासिन्दाहरू बढीभन्दा बढी सहभागी भएर लाभान्वित हुन आग्रह गरिएको छ । बुटवलका सबै वडाहरुमा शिविर निरन्तर चलिरहेको अस्पतालका ब्यवस्थापक आनन्द कुमार गौडले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्