Spread the love

काठमाडौ ।

काठमाडौं उपत्यकाको नगरकोट जाने बाटोमा दुई जना भ्लगरमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–६, नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ रहेका छन् । केही दिनअघि नगरकोट जाने बाटोमै तामाङले दुई युवकहरूमाथि कुटपिट गरेका थिए ।

उक्त कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले खोजी तीव्र पारेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्