Spread the love

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि मंगलबारदेखि दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु गर्दैछ । नवप्रवेशी सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण प्रक्रिया र जनप्रतिनिधिको जिम्मेवारीबारे सुसूचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पार्टीले जनाएको छ ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार अभिमुखीकरणमा संसद्को कार्यप्रणाली, विधेयक निर्माण प्रक्रिया, संसदीय आचारसंहिता, सुशासन तथा पार्टीले आगामी दिनमा अवलम्बन गर्ने नीतिगत प्राथमिकताबारे विस्तृत जानकारी प्रदान गरिनेछ । यस कार्यक्रममार्फत नयाँ सांसदहरूलाई प्रभावकारी संसदीय भूमिका निर्वाह गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष तथा समानुपातिक दुवै प्रणालीबाट गरी कुल १८२ सिट हासिल गरेको छ । उक्त परिणामसँगै संसदमा पार्टीको उपस्थिति थप सुदृढ भएको विश्लेषण गरिएको छ ।

यसैबीच पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण कार्यक्रममा अनिवार्य उपस्थित हुन ६ बुँदे निर्देशन जारी गर्दै कार्यक्रममार्फत पार्टीको नीति, अनुशासन र जनप्रतिनिधिको भूमिकाबारे साझा समझदारी विकास हुने विश्वास व्यक्त गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्