Spread the love

बुटवल, ३ चैत ।
रुपन्देही जिल्लामा फागुन महिनाभर १०४ वटा विभिन्न प्रकृतिका अपराध दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सो अवधिमा १८ आत्महत्या, १५५ सवारी दुर्घटना र ४४ घरेलु हिंसाका घटना भएको प्रेस विज्ञप्तीमार्फत सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार एक महिनाको अवधिमा ज्यानसम्बन्धी ९, चोरी ३, संगठित तथा आर्थिक अपराध ३७, सामाजिक अपराध २१, महिला तथा बालबालिका सम्बन्धी ५ र सवारी सम्बन्धी ११ मुद्दा दर्ता भएका छन् । चालु मुद्दामा ७८ जना प्रतिवादी पक्राउ परेका छन् भने फरार १२ जनालाई पक्राउ गरी १७ लाख १६ हजार ४८४ रुपैयाँ जरिवाना असुल गर्नुका साथै ११ वर्ष ६ महिना १५ दिन कैद कार्यान्वयन गरिएको जिल्ला प्रहरी कार्यालय भैरहवाका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

घरेलु हिंसातर्फ ४४ उजुरी दर्ता भएकामा ३५ वटा मिलापत्र गरिएका छन् भने ९ वटा बाँकी छन्। यसमध्ये कुटपिट तथा घाउ जाँच सम्बन्धी घटना सबैभन्दा बढी २१ रहेका छन् । फागुन महिनामा ६३ जना हराएका व्यक्तिमध्ये २१ जना फेला परेका छन् । हराउनेमध्ये महिला ३०, पुरुष १४, बालिका १५ र बालक २ जना रहेका छन् ।

लागुऔषध सम्बन्धी ११ मुद्दामा २१ जना पक्राउ परेका छन्। प्रहरीले ७ किलो १५० ग्राम गाँजा, ३८ ग्राम ९४ मिलिग्राम ब्राउन सुगर र १६११ एम्पुल लागूऔषध बरामद गरेको जनाएको छ । त्यस्तै, सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने २४३ जना घाइते भएका छन् ।

ट्राफिक कारबाहीबाट ३३ लाख २८ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ । प्रहरीले अवैध भन्सार चोरी नियन्त्रणतर्फ १ करोड ८८ लाख १३ हजार ६९८ रुपैयाँ बराबरको राजस्व संकलन गरेको जनाएको छ भने १८ जना पक्राउ परेका छन् । फागुन महिनामा आगलागीका १०, विपद्का ९ र डुबेर मृत्युका २ घटना भएका छन्। साथै, समुदाय र विद्यालय केन्द्रित विभिन्न १७ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले फागुन महिनामा शान्ति सुरक्षालाई सुदृढ बनाउन विभिन्न अभियान सञ्चालन गरिएको जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्