बुटवल,३० फागुन । नेकपा एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फका १६ सांसदको नामावली निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । शनिबार भक्तपुरको गुण्डुमा पार्टीका उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले १६ जना सांसदको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
जसअन्तर्गत आदिवासी जनजातितर्फ भूमिका सुब्बा (महिला), गंगादेवी श्रेष्ठ (महिला), रामबहादुर थापा मगर (पुरुष) र कुलभक्त शाक्य (पुरुष) रहेका छन्।त्यस्तै खस आर्यतर्फ पद्मा अर्याल (महिला), टुकाभद्रा हमाल (महिला), गुरुप्रसाद बराल (पुरुष), पुष्पराज कँडेल (पुरुष) र यशोदा कुमारी बराल (पिछडिएको क्षेत्र, अपाङ्गता तथा महिला क्लस्टरसमेत) रहेका छन्।थारूतर्फ कृपाराम राणा छन् भने दलिततर्फ विष्णुमाया विक र नीता घतानी छन्।
त्यस्तै मधेसीतर्फ रिंगला यादव, यशोदा कुमारी यादव र चन्द्रेश्वर मण्डल (पुरुष) छन्। मुस्लिमतर्फ साजिदा सिद्धिकी रहेको उपमहासचिव भट्टले बताए।





















