Spread the love

बुटवल, ३० फागुन
बुटवलमा सम्पन्न लुम्बिनी प्रदेश स्तरीय चौथो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई वटा विधाको उपाधी आयोजक बुटवल व्याडमिन्टन क्लबका खेलाडीको टिमले चुमेका छन । एउटा विधा भने लाफा क्लबका खेलाडीले जितेको छ ।

प्रतियोगिता अन्तरगत मेन्स डबल्सको उपाधि बुटवल व्याडमिन्टन क्लवका विवेक न्यौपाने र डेभिड थापाको जोडी तथा भेट्रान्स डबल ५५ वर्षमाथिको उपाधि बुटवल व्याडमिन्टन क्लबकै गोपाल टण्डन र नवराज श्रेष्ठको जोडीले चुमेका हुन । मास्टर भेट्रान्स डबल भने लाफा क्लवका प्रसाद गुरुङ र पुरन गाहाको जोडीले उपाधी चुमेका छन ।

मेन्स डबलमा बुटवल व्याडमिन्टन क्लवका विश्वास नेपाल र गणेश रायमाझीको जोडी दोस्रो भए । लाफा क्लबका विनोद पौडेल र अरबिन्द्र श्रीपाली तथा लाफाकै हिमान्सु कवर र सुविन श्रेष्ठको जोडी तेस्रो भएका छन । त्यस्तै भेट्रान्स डबल ५५ वर्षमाथि लाफाका राजु गुरुङ र दिलिप श्रेष्ठको जोडी दोस्रो भएका छन । गुल्मीका निर बहादुर राना र खगेन्द्र रेग्मी तथा नेपालगंजका गणेश क्षेत्री जगत श्रेष्ठको जोडी तेस्रो भएका छन ।

त्यस्तै मास्टर भेट्रान्स डबलमा बुटवल व्याडमिन्टन क्लबका महेश्वर नेपाल र अशोक क्षेत्रीको जोडी दोस्रो भएका छन भने तिलोत्तमा व्याडमिन्टन क्लवका थमन सारु र सुरज गुरुङ तथा बुटवल व्याडमिन्टन क्लवका नारायण तिवारी र बालदर गोदारको जोडी तेस्रो भए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी बुटवल ब्याडमिन्टन क्लबका विवेक न्यौपाने घोषित भएको अम्पाएर अर्जुन कार्कीले बताए ।
एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले विजेता तथा उपविजेता टिम तथा उत्कृष्ट खेलाडीलाई पुरस्कार, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरे । प्रतियोगितामा मेन्स डबलतर्फ प्रथम हुने टिमले ५१ हजार रुपैयाँ, दोस्रो हुने टिमले ४१ हजार रुपैयाँ र तेस्रो हुने टिमले ३१ हजार रुपैयाँसहित कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यसैगरी ५५ वर्षमाथिको भेट्रान्स डबलतर्फ प्रथम हुने टिमले २० हजार रुपैयाँ, दोस्रो हुने टिमले १५ हजार रुपैयाँ र तेस्रो हुने टिमले १० हजार रुपैयाँसहित कप, मेडल र ट्रफी प्राप्त गरेका छन् । यस्तै मास्टर भेट्रान्स डबलतर्फ प्रथम हुने टिमले ३० हजार रुपैयाँ, दोस्रो हुने टिमले २५ हजार रुपैयाँ र तेस्रो हुने टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको कार्यक्रम संयोजक तथा तृतीय उपाध्यक्ष भानु केसीले बताए ।

कार्यक्रममा क्लबका अध्यक्ष नलराज नेपाल वरिष्ठ उपाध्क्षक्ष शम्भु भट्टराई, सचिव राजु खरेलले ब्याडमिन्टल प्रतियोगिता र यस क्षेत्रमा खेलाडी उत्पादनमा क्लबको योगदानबारे प्रकाश पारेका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्