बुटवल,३० फागुन । अमेरिका,इजरायल र इरानबीच बढ्दो द्वन्द्व रोक्न माग गर्दै मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा शान्तिपूर्ण प्रदर्शन गरेको छ । समाजले ‘युद्ध निषेध, शान्ति विशेष अभियान’ अन्तर्गत पुष्पलाल पार्कमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले “युद्ध मानवताको अपमान हो”, “युद्ध समस्याको समाधान होइन” र “वार्ताबाट समस्याको समाधान गर” लगायतका सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। समाजले अमेरिका, इजरायल र इरानबीचको तनाव तत्काल अन्त्य गरी शान्ति कायम गर्न अन्तर्राष्ट्रिय समुदायलाई पहल गर्न आग्रह गरेको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1



















