बुटवल,२९ फागुन । हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा खटिएका निर्वाचन प्रहरीले डियुटीका क्रममा लगाइएको पोशाकमा बनाइएका फोटो ,भिडियो फेसबुक ,टिकटक लगायत अन्य सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीले आग्रह गरेको छ ।
नेपाल प्रहरीले निर्वाचन प्रहरीलाई औपचारीक रुपमा बिदाई गरिसकेकाले सामाजिक सञ्जालमा पोस्ट नगर्न र गरिएका असोभनीय फोटो तथा भिडियो सामाजिक सन्जालबाट हटाउन अनुरोध गरेको छ । नेपाल प्रहरीको पोशाकमा अनुमति बिना फोटो तथा भिडियो सार्वजनिक गर्नु नियम विपरीत कार्य भएको जनाएको छ ।





















