बुटवल, २९ फागुन ।
‘मेरो मेला, तपाईको मेला, हामी सबैको मेला’ नारासहित देविनगरमा बुटवल महामेला २०८२ हुने भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व, फरवार्ड नेपाल मल्टिप्रपोजको आयोजनामा चैत १ गतेदेखि २४ गतेसम्म देविनगर रंगशालामा महामेला आयोजना गरिने भएको हो ।
शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्थाका अध्यक्ष गोबिन्द प्रसाद भुषालले बताए । बुटवललाई आर्थिक रुपमा चलायमान गराउन मेलामहोत्सव जरुरी रहने तर्क दिदै उनले यो संस्थागत रुपमा दोस्रो पटक गर्न लागेको बताए । मेलामा दुर्गेश थापा, ज्योति मगरसहित चर्चित राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तति रहने उनले बताए । दैनिक फरकफरक कलाकारहरु समावेश गरिने उनले बताए ।
यसैगरि आर्कषर्णको रुपमा जलपरी जोडी डान्स, बुज खफिफा सहित लुम्बिनीको प्रतिमा सहितको सचिवालय आयोजना गरिने उनले बताए । करीब १२० स्टलहरु रहने मेलामा कृषि, महिला उद्यमीहरुलाई ५ वटा निशुल्क स्टलको ब्यवस्था गरिएको छ । यसैगरि करीब एक महिना लामो मेलामा ५ लाख बढी दर्शक भित्रने ५ करोडको कारोबार हुने अनुमान आयोजकको छ । “बुटवल महामेला“ मा टिकटक प्रतियोगिता सहित डान्स प्रतियोगिता समेत हुने छ ।





















