बुटवल, २६ फागुन ।
खेलकुदमार्फत लागू औषध न्यूनिकरण अभियान नारासहित रुपन्देहीमा स्वर्गिय बबुवा दाई स्मृति तेस्रो फुटसल २०८२ हुने भएको छ । आस्था समुहको आयोजना, बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा एभरेष्ट ग्रुप हङकङको मुख्य प्रायोजनमा फागुनको २९ र ३० गते प्रतियोगिता हुने भएको हो ।
मंगलबार बुटवलमा प्रतियोगिताको टाईसिट सार्वजनिक कार्यक्रममा आयोजक आस्था समुहका अध्यक्ष केशव पुनले आस्था समुहको स्थापना र लागू औषध दुब्र्यसनी न्यूनिकरणमा स्वर्गिय मक्सुद अलि (बबुवा) को योगदानबारे स्मरण गरे । उनले खेल क्षेत्रमा समेत स्वर्गिय बबुवाको योगदान महत्वपूर्ण रहेको बताए । आस्थाका संस्थापक उपाध्यक्ष समेत रहेका बबुवा युवाहरुलाई खेलमा आवद्ध गराउने अभियानमा समेत लागेका थिए ।
योगिकुटीस्थित लुम्बिनी फुटसल एरिनामा हुने प्रतियोगिताको उपाधि विजेता टिमलाई नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने समुहका रमेश मल्लले बताए । यसैगरि प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैया, उत्कृष्ट गोलकिपर र हाईस्कोररलाई ५÷५ हजार रुपैयाबाट पुरस्कृत गरिने उनले बताए ।
प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलबस्तु, नारायणगढ, काठमाण्डौ लगायतका ३२ टिमको सहभागी रहने संयोजक भुवन श्रेष्ठले बताए । लागू औषध प्रयोग बिरुद्द प्रतियोगिता आयोजना गरिएको उनले बताए । गतवर्ष फुटसल फ्रेन्डस चितवन विजेता रहेको थियो ।
भिडियो सामग्री





















