Spread the love

गुल्मी, २३ फागुन । गुल्मी क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल निर्वाचित भएका छन् ।

निर्वाचनको अन्तिम मत परिणाम अनुसार ढकालले २९ हजार ६४२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार प्रदीप ज्ञवालीले १५ हजार १८१ मत प्राप्त गरेका छन् ।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार डा. चन्द्र भण्डारीले १३ हजार ५०५ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टीका सुदर्शन बरालले ३ हजार १६७ मत प्राप्त गरेका छन् । राष्ट्रिय जनमोर्चाका उम्मेदवार शेरबहादुर थापाले ६७१ मत प्राप्त गरेका छन् ।

विजयपछि ढकालले गुल्मीको चिदिचौरमा रहेको शहीद शमशेरबहादुर खत्रीको शालिकमा पुगेर फूलमाला अर्पण गरेका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्