Spread the love

वल, २३ फागुन । रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेल निर्वाचित भएका छन् ।

खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार विष्णु पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गरेका छन् । पौडेलले १२ हजार ८६१ मत प्राप्त गरेका छन् ।

यसैगरी तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेलले ९ हजार ३९२ मत प्राप्त गरेका छन् भने नेकपाका उम्मेदवार सुभाष पाण्डेले १ हजार ४०९ मत प्राप्त गरेका छन् ।

रुपन्देही–२ मा खरेलले प्रतिस्पर्धी उम्मेदवारहरूलाई ठूलो मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्