जुम्ला, २३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका लागि खाता खोलेको छ । जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित भएसँगै राप्रपाको पहिलो खाता खुलेको हो । शनिबार सम्पन्न मतगणनाअनुसार शाही १४, ८१६ मतसहित निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारीले ११, ६३५ मत पाएका छन् । त्यस्तै कांग्रेसका दिपबहादुर शाहीले ७, १४३ मत पाउँदा नेकपा एमालेका शान्तिलाल महत ४, ५१८ मतमा चित्त बुझाएका छन । देशभर रास्वपाका उम्मेदवार विजयी भईरहदा जुम्लाका उम्मेदवार विनिता कठायतलगायतको भने जमानत जफत भएको छ । उनले ४२१ मत मात्र प्राप्त गरेकी छन् ।





















