काठमाडौँ ।
काठमाडौँ क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदबार राजुनाथ पाण्डे विजयी भएका छन । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत ल्याएका छन् । राजुनाथ पाण्डेसँग कुलमान ७ हजार ५८६ मतले पराजित भएका हुन् । यसैगरि नेपाली कांग्रेसका रमेश अर्यालले ६ हजार र नेकपा एमालेका रामेश्वर फुँयालले ३ हजार ८१६ मत प्राप्त गरेका छन् ।





















