Spread the love

रुकुम पूर्व ।

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रुकुम पूर्व जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) विजयी भएका छन्। उनले १०,२४० मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् । उनको निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका लिलामणि गौतमले ३,४६२ मत ल्याएका छन ।

यसैगरि नेपाली काग्रेसकी कुसुम देवि थापाले ३,०८१ मत ल्याएकी छिन । निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित कार्यक्रममा दाहालले निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेका छन् । प्रमाणपत्र ग्रहणपछि उनले मतदाताले दिएको विश्वासप्रति आभार व्यक्त गर्दै जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले रुकुम पूर्वको विकास र समृद्धिका लागि आफू निरन्तर लागिपर्ने बताएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्