काठमाडौँ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अहिलेसम्म सार्वजनिक परिणामअनुसार नेपाली कांग्रेस पार्टीका पाँच जना उम्मेदबार विजयी भएका छन ।
प्राप्त मतपरिणाम अनुसार मनाङ–१ मा टेकबहादुर गुरुङ, मुस्ताङ–१ मा योगेश गौचन थकाली, दैलेख–१ मा बासना थापा, तेह्रथुममा सन्तोष सुब्बा र रसुवामा मोहन आचार्य आआफनो निर्वाचन क्षेत्रमा विजय हासिल गरेका छन । निर्वाचन आयोगले अन्य निर्वाचन क्षेत्रको मतगणना भने अझै जारी रहेको जनाएको छ ।





















