Spread the love

दाङ,२१ फागुन ।

दाङमा बाँके राष्ट्रिय निकुञ्ज प्रभावितहरूले मतदान बहिष्कार गरेका छन् । दाङ मध्यवर्ती क्षेत्र बबइ गाउँपालिका–७ देउती मावि मलई मतदान केन्द्र र बबई–१ मा रहेको जनता आधारभूत विद्यालयको केन्द्रमा मतदाताहरु उपस्थित भएनन । मतदान अधिकृत चिरञ्जीवी खड्काका अनुसार साढे १० बजेसम्म बबइ गाउँपालिका–७ देउती मावि मलई मतदान केन्द्रमा मतदाता आएका छैनन् । मतदान केन्द्र सुनसान छ । यहाँ ६८२ मतदाता रहेका छन् ।

त्यस्तै बबइ–१ को एउटा केन्द्रको अवस्था पनि यस्तै छ । अहिलेसम्म मतदाता आएका छैनन् । जनता आधारभूत विद्यालयमा ५३० मतदाता रहेका छन् । निकुञ्ज प्रभावित संघर्ष समितिका अध्यक्ष चन्द्रबहादुरले राङु मगरले आफूहरुले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको बताए । लामो समयदेखि बस्ती स्थान्तरणको माग राख्दै आन्दोलनरत पीडितहरुले चुनाव बहिस्कार गर्ने चेतावनी दिँदै आएका थिए ।

दाङका साविकका पञ्चकुले र पुरन्धारा गाविसका केही भू–भागहरूलाई मध्यवर्ती क्षेत्रका रूपमा घोषणा गरिएको थियो । त्यस क्षेत्रमा निकुञ्ज घोषणासँगै वन्यजन्तु वृद्धि भएकाले विभिन्न आफूहरु पीडित भएको स्थानीयको भनाइ छ । यो दाङ क्षेत्र नम्बर ३ मा पर्छ । यहाँबाट कांग्रेसबाट दीपक गिरी, एमालेबाट घनश्याम पाण्डे, नेकपाबाट धनबहादुर मास्की, रास्वपाबाट कमल सुवेदीलगायत उम्मेदवार छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्